Monday, 31 May 2010

अब अपराधीहरूलाई भाग्न सजिलो छैन । कारण, अपराध नियन्त्रणका लागि प्रहरी नायब निरीक्षक लोकराज पाठकले बीएमटीपुलिस डट गभ डट एनपी नामक वेबसाइट र डिजिटल मेमोरन्डम अफ रेसिडेन्स नामको सपmटवेयर बनाइसकेका छन् ।

जोसुकैले सजिलैसित वेबसाइटबाट फारम निकालेर आफ्नो व्यक्तिगत विवरण भर्नसक्छ र नजिकको प्रहरी चौकीमा बुझाउन सक्छ । यस फारममा घरधनी, उसको परिवार, काम गर्ने र भाडामा बस्नेका सम्पूर्ण विवरणहरू रहनेछन् । सो फारम सफ्टवेयरमा राखेपछि व्यक्तिका बारेमा जानकारी दिन प्रहरीलाई सजिलो हुनेछ । जानकारी पाउन व्यक्तिको नाम, ठाउँ, गाडी र नागरिकता नम्बर आदिको प्रयोग गर्न सकिन्छ ।

"यसबाट अपराधीलाई समात्न सजिलो हुनेछ," पाठक भन्छन्, "अपराधीहरूलाई संगठित हुन गाह्रो पर्नेछ ।" पाठक अहिले तथ्यांक संकलनका लागि घरदैलो अभियानमा छन् । चार जनाको टोलीसहित फोटो लिँदै र फारम बाँड्दै उनी ललितपुरका सैँबु, खोकना र बुङ्मती गाविसबासीकहाँ पुगिरहेका छन् । यस्तै अभियान देशभरि चलाउने उनको सोच छ ।

निजी लगानीबाट वेबसाइट र सफ्टवेयर निर्माण गरेका पाठक अहिले सरकारी निकाय, गाविस र विद्यालयको सहयोगका साथ अगाडि बढेका छन् । भन्छन्, "यसबाट जनताले राहत पाउनेछन् ।"

No comments:

Post a Comment